Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

एमाले मरेको बिरालो जस्तो होइन, जिउँदो बाघ भएर अघि बढ्दैछ : ओली

spot_img

काठमाडौं,८ असाेज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा हुने निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन्। सोमबार बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मिसन–८४ एमालेले एकल बहुमत ल्याउनकै लागि अभियान चलाइरहेको बताएका हुन्।

उनले भने, ‘एमाले विरोधी सबै एकै ठाउँ आए हुन्छ, बाँकी थप पनि गठबन्धनमा आए। तर, मिसन–८४ मा एमालेले एकल बहुमत ल्याउँछ, त्यो पनि ढुक्कसँग।’

एमाले मरेको बिरालोजस्तो नभएर जिउँदो बाघ भएर अघि बढिरहेको अध्यक्ष ओलीको भनाइ छ। पत्रपत्रिकाले एमालेभित्र यो र त्यो उम्मेदवार भनेर प्रचार गरिरहेकाले त्यतातिर आँखा नडुलाउन उनले प्रदेशमा नेतृत्व लिन चाहनेलाई सुझाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once