Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

दैनिक सुन आयात कोटा दोब्बर

spot_img

काठमाडौं,५ असाेज । राष्ट्र बैंकले दैनिक रुपमा आयात गरिने सुनको कोटा बढाएको छ। राष्ट्र बैंकले यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएकामा बढाएर २० केजी पुर्‍याएको हो।
राष्ट्र बैंकको निर्णयसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउनेछन्। कोटा बढाइए पनि राष्ट्र बैंकले हालसम्म परिपत्र गरिनसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। केही समयअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयात कोटा बढाउने निर्णय कार्यान्वयन गर्न राष्ट्र बैंकलाई चिठ्ठी लेखेको थियो।

२२ फागुन २०७८ सम्म वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न सक्ने व्यवस्था भए पनि राष्ट्र बैंकले दैनिक कोटा १० किलोमा सीमित गरेको थियो।

सुनचाँदी व्यवसायी र वाणिज्य बैंकहरुले पनि पटक–पटक राष्ट्र बैंक र सरकारलाई सुन आयात कोटा बढाइदिन माग र दबाब दिँदै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once