वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन तथा मिटर ब्याज पिडित सहायता कक्ष स्थापना गरेको छ । पछिल्लो समय अनुचित लेनदेन र र मिटर ब्याज पिडितको गुनासो बढेसँगै जिल्ला प्रशासन कार्यालय पर्साले सहायता कक्षको स्थापना गरेको हो ।
यही बैशाख १७ गतेदेखि ३१ गतेसम्म पेश गरि सक्ने गरी स्थापना गरिएको सहायता कक्षमा कार्यालयकै कर्मचारीले निःशूल्क रुपमा फारम भरिदिने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता भिमकान्त पौडेलले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहेका पौडेलकाअनुसार यसले उजुरी दिनेहरुको अन्यौलता हट्नेछ । साथै मिटर ब्याजीबाट पिडितहरुलाई उजुरी गर्न सहज हुने उनको विश्वास छ ।
नायब सुब्बा गौरिशंकर गुप्तालाई उक्त सहायता कक्षको जिम्मेवारी दिइएको छ ।





