Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
19.1 C
Kathmandu

अपहरण गरी फिरौती माग्ने दुई जना पक्राउ

spot_img

वीरगंज । घर बनाउन बोलाएर अपहरण गरी फिरौतीको लागि चार लाख माग्ने दुई जना रौतहटबाट पक्राउ परेका छन् । प्रहरीले अपहरण गरि फिरौती माग्ने रौतहट राजदेवी नगरपालिका– ६ मोहनपुर बस्ने २१ बर्षिय राजा भन्ने राजाबाबु पटेल र दीपेश भन्ने मन्त्रीबाबु रायलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुले परोहा नगरपालिका–३ तेजापाकड वस्ने ३० बर्षिय राज कुमार महतो भन्ने हिरामन महतोलाई सर्लाहीको बलरा भन्ने स्थानमा घर बनाउनु छ भनि बलरा स्थित रक्सी भट्टी पसलमा लगि ८/९ जना मिलेर गत बैशाख ९ गते अपहरण गरेका थिए । महतोलाई अपहरण गरि कोठा भित्र बन्धक बनाई पेस्तोल देखाई कुटपिट गर्दै अपहरणकारीहरुले पिडितको घरमा फोन गरि फिरौती वापत चार लाख रुपैया माग गरेको प्रहरीले जनाएको छ ।

अपहरणमा परेका महतोलाई सर्लाहीको बलराबाट भारत तर्फ लैजान लागेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बलरा नगरपालिका–३ स्थित नेपाल भारतको सीमाबाट अपहरणकारीमध्ये दुई जनालाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले बताए । पीडितको उद्धार गरिएको तथा पक्राउ परेका दुबै जनालाई अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उधोग मुद्दा दर्ता गरी अदालतबाट म्याद गराई कारवाही प्रक्रिया अघि बढाइएको एसपी मगरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once