Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
19.1 C
Kathmandu

पर्सामा लागूऔषध गाँजासहित ५ जना पक्राउ

spot_img

वीरगंज । पर्साका विभिन्न स्थानबाट प्रहरीले लागू औषध गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ ।
जगरनाथपुर गाँउपालिका–२ जानकीटोला चोकबाट प्रहरीले शुक्रबार साँझ ३ केजी गाँजा सहित तीन जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा छिपहरमाइ गाँउपालिका–४ का २२ वर्षिय चन्दन कुमार साह, २० वर्षिय अरबाज आलम र २४ वर्षिय सुनिल कुमार गुप्ता रहेका छन् ।
जानकीटोलाबाट भीखमपुर जाँदै गरेको ना. १४ प ७२२४ नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाई रोकेर चेकजाँच गर्दा तीन केजी गाँजा बरामद भएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए । यस्तै पर्साकै वीरगंज महानगरपालिका वडा नम्बर ३१ मिलनचोकबाट पनि ५ केजी गाँजासहित दुई जना पक्राउ परेका छन् ।
जितपुरबाट बड्निहार जाँदै गरेको प्रदेश–२–०३–००१ ह २२७ नम्बरको अटो मिलनचोकमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो ।त्यसक्रममा अटोमा सवार रहेका चितवनको राप्ती नगरपालिकाका ११ का २९ वर्षिय बद्धिराज घलान र पर्साको पर्सागढी नगरपालिका ३ का ४२ वर्षिय पासाङ लामाको साथबाट गरि ५ केजी गाँजा बरामद भएको प्रवक्ता गिरिले जानकारी दिए ।
गाँजा सहित पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once