सभामुख अर्याल र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

spot_img

काठमाडौँ,३० भदौ । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच मंगलबार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा संघीय संसद्को कामकारबाहीलाई थप व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउने विषयमा छलफल भएको छ। भेटमा संघीय संसद्लाई आधुनिक र प्रभावकारी बनाउन गर्न सकिने सुधारका काम, डिजिटल संसद्को अवधारणा तथा कार्यान्वयन, चालु अधिवेशनका कामकारबाहीको समीक्षा र अधिवेशन अन्त्यलगायतका विषयमा छलफल भएको जनाइएको छ।

सभामुख अर्याल र अध्यक्ष दाहालबीच संघीय संसद्का दुवै सदनको कामकारबाहीलाई थप प्रभावकारी बनाउने तथा संसदीय गतिविधिलाई प्रविधिमैत्री बनाउँदै लैजाने विषयमा समेत कुराकानी भएको थियो।

चालु अधिवेशनका क्रममा सम्पन्न भएका कामकारबाहीको समीक्षा गर्दै बाँकी कामलाई व्यवस्थित रूपमा अघि बढाउने तथा अधिवेशन अन्त्यका विषयमा समेत भेटमा छलफल भएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once