Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
26.1 C
Kathmandu

मधेश प्रदेश सभामा आजदेखि सभामुख चयनको औपचारिक प्रक्रिया

spot_img

जनकपुरधाम,०५ पुस । मधेश प्रदेश सभामा सभामुख चयनका लागि आज शनिबारदेखि औपचारिक निर्वाचन प्रक्रिया सुरु भएको छ । प्रदेश सभा सचिवालयका अनुसार सभामुख पदका लागि उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहन प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार निर्धारित समयभित्र प्रस्तावक र समर्थकसहितको सूचना दर्ता गराउनु पर्नेछ । उम्मेदवारी दर्ता सकिएपछि दिउँसो साढे ३ बजे दर्ता क्रमअनुसार उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ ।
प्रकाशित नामावलीका आधारमा आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तावकले सम्बन्धित उम्मेदवारलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् ।

प्रस्तावलाई समर्थकले समर्थन गरेपछि उम्मेदवारमाथि सामूहिक छलफल हुनेछ । त्यसपछि दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गरी सभामुख चयन गरिने प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल गत मंसिर ३ गते पदमुक्त भएका थिए।

उनीविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपसहित दर्ता गरिएको अविश्वास प्रस्ताव प्रदेशसभाबाट दुई तिहाइ बहुमतले पारित भएपछि सभामुख पद रिक्त भएको हो । सभामुख चयनसँगै प्रदेश सभाको कार्य सञ्चालन थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once