अन्तर्राष्ट्रिय शिक्षक दिवसमा रक्सौलमा सम्मानित भए वीरगंजका तीन शिक्षाविद्

spot_img

वीरगंज,१९ असोज । अन्तर्राष्ट्रिय शिक्षक दिवसमा नेसनल प्याब्सन वीरगंज अध्यक्ष जियालाल गुप्तासहित तीन शिक्षाविद् रक्सौलमा सम्मानित सम्मानित भएका छन्। विश्व शिक्षक दिवसको पूर्वसन्ध्यामा पूर्वी चम्पारणको रक्सौलमा आयोजित जिल्लास्तरीय शिक्षक सम्मान तथा सांस्कृतिक कार्यक्रममा वीरगंजका तीन जना विद्यालय सञ्चालक तथा शिक्षाविद्लाई सम्मान गरिएको हो।

सम्मानित हुनेहरूमा सगरमाथा एकेडेमी, मुर्ली–१२, वीरगंजका प्रिन्सिपल तथा निर्देशक एवं नेसनल प्याब्सन वीरगंज महानगर अध्यक्ष जियालाल गुप्ता, गुगल एकेडेमी वीरगंजका प्रिन्सिपल तथा निर्देशक नरेश राउत कुर्मी र अध्ययन एकेडेमी वीरगंज–१६ का प्रिन्सिपल तथा निर्देशक गौतम श्रीवास्तव रहेका छन्। शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यार्थीको सर्वाङ्गीण विकास तथा समाजमा शैक्षिक चेतना विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

सम्मान कार्यक्रममा शिक्षकको भूमिका, शिक्षा र संस्कारको महत्व तथा समाज निर्माणमा शिक्षकको योगदानबारे चर्चा गरिएको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो।

शिक्षक केवल ज्ञान प्रदान गर्ने व्यक्ति मात्र नभई समाज र राष्ट्रको भविष्य निर्माण गर्ने मार्गदर्शक भएकाले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने शिक्षक तथा शिक्षाविद्लाई सम्मान गर्दा उनीहरूलाई थप प्रेरणा मिल्ने सहभागीहरूले बताएका थिए।

वीरगंजका तीन शिक्षाविद्को सम्मानले पर्साको शैक्षिक क्षेत्रमा उनीहरूले पुर्‍याउँदै आएको योगदानको कदर हुनुका साथै आगामी दिनमा शिक्षा क्षेत्रमा थप सकारात्मक काम गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once