Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
20.1 C
Kathmandu

वीरगंजमा सुपारी गोदाममा छापामारी, चार करोड बराबरको सुपारी बरामद

spot_img

वीरगंज (पर्सा), ३ पुस । वीरगंज भन्सार कार्यालयबाट राजस्व दाखिला गरी महोत्तरी पठाउनुपर्ने कन्टेनर इनर्वा स्थित गोदाममा अनलोड गरी भण्डारण गरिएको अवस्थामा पर्सा प्रहरीले छापामारी गरी झण्डै ४ करोड रुपैयाँ मूल्य बराबरको सुपारी बरामद गरेको छ ।

पर्सा प्रहरीका अनुसार वीरगंजको रेल्वे रोडस्थित एक सुपारी गोदाममा छापामारी गर्दै दुई ट्रकमा लोड गरिएको सुपारी बरामद गरिएको हो । पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकको नेतृत्वमा खटिएको टोलीले गोदाममा भण्डारण गरिएको ९ सय बोरा गरी २ ट्रकमा जम्मा १८ सय बोरा सुपारी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी उपरीक्षक पाठकका अनुसार, वीरगंज भन्सार कार्यालयबाट अन्तिम गन्तव्य महोत्तरी उल्लेख गरिएको कन्टेनर वीरगंजमै गोदाममा अनलोड गरी राखिएको पाइएकाले अवस्था शंकास्पद देखिएपछि छापामारी गरिएको हो । भन्सार पास भएर गन्तव्यमा नपुगी गोदाममा राखिनु आफैंमा आशंकास्पद भएकाले तत्काल प्रहरी कारबाही गरिएको उनले बताए ।

कागजात परीक्षण र अनुसन्धान जारी
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा बरामद सुपारीको श्रोत तथा कागजातको वैधता परीक्षण गरिरहेको जनाएको छ । बरामद सुपारी सम्बन्धमा कागजात जाँचपछि आवश्यक कानुनी कारबाही अघि बढाइने पर्सा प्रहरीले जानकारी दिएको छ ।

यता व्यापारी पक्षले सुपारीका सम्पूर्ण कागजात रहेको दाबी गरेका छन् । सम्पूर्ण वैधानिक कागजातहरु रहेपनि प्रहरीले दुःख दिने काम गरेको व्यापारीको भनाई छ । भन्सार तिरेर माल आयात गरेपनि चोरी नै गरे सरह प्रहरीले व्यवहार गरेको आरोप लगाएको छ । व्यापारीले सम्पूर्ण कागजात रहेपनि भारततर्फ अवैध रूपमा पठाउने तयारी भइरहेको सूचनाका आधारमा प्रहरीले छापामारी गरेको प्रहरीको भनाइ छ । सुपारीको अवैध कारोबारमा संलग्न व्यक्ति वा समूहको पहिचानका लागि अनुसन्धान प्रक्रिया तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

अवैध कारोबारविरुद्ध निगरानी कडा
पर्सा प्रहरीले भन्सार पास भएका मालसामान गन्तव्यसम्म नपुगी गोदाममा भण्डारण गरिनु राजस्व छलि र तस्करीसँग जोडिन सक्ने भन्दै यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ । पछिल्लो समय सुपारीको अवैध कारोबार बढ्दै गएको सूचनाका आधारमा निगरानी कडा बनाइएको र यस्ता गतिविधिविरुद्ध कारबाही निरन्तर जारी रहने प्रहरीले स्पष्ट पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once