वीरगंज,०३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम सखुवा प्रसौनी गाउँपालिका भेला बिहिबार सम्पन्न भएको छ । भेलाले शम्भु प्रसाद यादवको सभापतित्वमा ९ सदस्यीय पालिका समिति सर्वसम्मत रूपमा गठन गरेको छ ।
नवगठित समितिको उपसभापतिमा सञ्चिता बुढाथोकी, सचिवमा अफजल हुसैन, कोषाध्यक्षमा प्रभु प्रसाद महतो चयन भएका छन् । त्यस्तै सहसचिवमा जनक राज कँडेल तथा सदस्यहरूमा विरा महतो, अशेशोर साह तेली, निरञ्जन राउत र भोला राउत कुर्मी रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै रास्वपा पर्सा जिल्ला सभापति हरी पन्तले भाद्र २३ र २४ गते भएको जेञ्जि विद्रोहले काँग्रेस, एमाले, माओवादी र मधेसवादी दलजस्ता पुराना दलहरूको सान्दर्भिकता र अस्तित्व समाप्त भएको सन्देश दिएको बताए । उनले यस घटनाले रास्वपाको महत्व र आवश्यकता अझ स्पष्ट रूपमा स्थापित गरेको उल्लेख गर्दै आगामी चुनावमा रास्वपालाई भारी मतले जिताउन सबैलाई आह्वान गरे ।
भेलामा रास्वपा जिल्ला उपसभापति तुलसा पौडेल, क्षेत्रिय सभापति जितेन्द्र मिश्र, अमन आलम, सबबु कँडेल, महेन्द्र दास, सोनालाल पटेल लगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए ।
रास्वपा क्षेत्रीय सभापति मनोज कुर्मीको सभापतित्वमा सम्पन्न उक्त भेलाको सहजीकरण कृष्णा पासवानले गरेका थिए ।





