Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
20.1 C
Kathmandu

निर्वाचनका लागि बजेट वृद्धि: आयोगले पायो थप १ अर्ब ७७ करोड

spot_img

काठमाडौँ,०३ पुस । प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत बजेटमा अर्थ मन्त्रालयले वृद्धि गरेको छ। प्रारम्भमा आयोगले ७ अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरेको थियो, तर अर्थ मन्त्रालयले लगभग ४० प्रतिशत कटौती गरी ४ अर्ब ९६ करोड मात्र स्वीकृत गरेको थियो।

आयोगको असन्तुष्टिपछि अर्थ मन्त्रालयले पुनरावलोकन गर्दै १ अर्ब ७७ करोड थप गरी कुल ६ अर्ब ७३ करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन खर्च मितव्ययी तरिकाले गर्ने रणनीति अपनाइएको छ।

निर्वाचन आयोगले ४९ वटा शीर्षकमा बजेट खर्च गर्ने योजना बनाएको छ भने ७७ वटा जिल्ला निर्वाचन कार्यालयलाई विनियोजित बजेट पठाइसकेको छ। साथै, ३७ वटा सामग्री जिल्लास्थित निर्वाचन कार्यालयमार्फत खरिद गर्ने जिम्मेवारी दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once