एमाले मतगणना: ओली ८४३ मतसहित अगाडि, पोखरेल २९६ मा सीमित

spot_img

काठमाडौं,०३ पुस । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले स्पष्ट अग्रता कायम राखेका छन्।

आयोगका अनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले ८४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन्। मतगणनाको सुरुवातदेखि नै ओली अग्रस्थानमा रहँदै आएका छन्।

यसैगरी, महासचिव पदमा पनि शंकर पोखरेलले अग्रता कायम राखेका छन्। मतगणना अन्तिम चरणतर्फ अघि बढ्दै गर्दा परिणामप्रति पार्टीभित्र र बाहिर चासो बढ्दै गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once