Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
20.1 C
Kathmandu

राजेन्द्र गौतमद्वारा एमाले उपमहासचिव पदको उम्मेदवारी फिर्ता

spot_img

काठमाडौँ,०१ पुष । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता राजेन्द्र गौत्तमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।

हाल प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका गौत्तमले प्रारम्भमा केपी शर्मा ओली समूहबाट पदाधिकारीमा दाबी गरेका थिए। तर प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।

गौत्तमले संचारकर्मीलाई जानकारी दिँदै भने, “पार्टीका नेताहरू र कार्यकर्ताको सुझाव तथा सल्लाहलाई ध्यानमा राख्दै केपी शर्मा नेतृत्वको समूहलाई बहुमतले विजयी गराउन अपिल गर्दै मैले उम्मेदवारी फिर्ता लिएको छु।”

उनी हाल खुला केन्द्रीय सदस्यको पदमा उम्मेदवारी दिएका छन् र त्यो उम्मेदवारी कायम रहेको बताइएको छ।

यो कदमले एमालेको ११औँ महाधिवेशनमा नेताहरूबीचको रणनीति र प्यानलको समीकरणमा नयाँ प्रभाव पर्ने अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once