Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
21.1 C
Kathmandu

अवैध रूपमा राखिएको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ

spot_img

रौतहट,२७ मंसिर । रौतहटको मौलापुर क्षेत्रबाट प्रहरीले श्रोत नखुलेको ठुलो परिमाणको रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले मौलापुर–जयनगर सडकखण्डमा जाँचका क्रममा शुक्रवार अवैध रकम सहित एकजना मानिसलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–११ भगवानपुर बस्ने ३७ वर्षीय मुन्ना जैसवाल रहेका छन्। जैसवाल हरानैयाबाट मधेश प्रदेश–०३–०२३ प ३११० नम्बरको मोटरसाइकलमा चढेर जयनगर तर्फ जाने क्रममा प्रहरीले रोकी चेकजाँच गर्दा मोटरसाइकलमा झुण्ड्याइएको झोलाबाट १ हजार दरका ८३३ थान, ५०० दरका ६२५ थान र १०० दरका १५ थान गरी जम्मा ११ लाख ४७ हजार रुपैयाँ फेला परेको प्रहरी प्रवक्ता डीएसपी बस्यालले जानकारी दिएका छन्।

रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले जैसवाललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गौरमा राखेर थप अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार मौलापुर–देवाही गोनाही सडकखण्डको लाल बकैया नदी पुल नजिकै गरिएको नियमित चेकजाँचकै क्रममा रकम बरामद भएको हो। रकम शङ्कास्पद देखिएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once