Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
25.1 C
Kathmandu

१९ वर्षपछि कर्तव्यज्यान अभियुक्त वीरगंजमा पक्राउ

spot_img

वीरगंज,२६ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले १९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी बिनोद पटेल (बिनोद प्रसाद कुर्मी) लाई वीरगंजमा पक्राउ गरेको छ। पक्राउ परेका बिनोद पटेल बहुदरमाई नगरपालिका–२ का स्थायी बासिन्दा हुन् र हाल ५४ वर्षका छन्।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यही मंसिर २४ गते दिउसाे १:४५ बजे वीरगंज–२१ स्थित सडकखण्डबाट उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका पटेल वर्ष २०६३।०६।०५ मा लिपनी विर्ता–८ बस्ने सुरेश (राम प्रसाद) पटेलको निर्घात कुटपिट गरी हत्या (कर्तव्य ज्यान) सम्बन्धि मुद्दामा संलग्न रहेकाेमा १९ वर्षदेखि फरार थिए।

पक्राउ परेका बिनोद पटेलविरुद्ध पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once