Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
24.1 C
Kathmandu

विद्यालयमा ट्राफिक सुरक्षा जागरण: विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम

spot_img

वीरगंज,२३ मंसिर । युथ सर्भ फाउण्डेशनको आयोजनामा मंगलवार ट्राफिक सुरक्षा नियमसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। राधेमाईस्थित एसआर ग्यालेक्सी एकेडेमीमा आयोजित उक्त कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीलाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिएको फाउण्डेशनका सल्लाहकार तथा कार्यक्रम संयोजक दिपु बर्णवालले जानकारी दिए।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक युवराज कटुवालले विद्यार्थीलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्दै नियम उल्लंघनका कारण क्षणभरमै दुर्घटना हुनसक्ने भएकाले सदैव सावधानी अपनाउनुपर्नेमा जोड दिए। उनले सडक पार गर्ने विधि, सवारी साधन प्रयोगका अनिवार्य नियम, हेल्मेटको अनिवार्यता तथा जथाभावी गति र मोबाइल प्रयोगबाट हुने जोखिमबारे मार्गदर्शन प्रदान गरे।
उनले भने, “सडकमा सधैं अनुशासित भएर हिँड्नु नै सुरक्षा हो।”

फाउण्डेशनका अध्यक्ष नकुल साह कानुले बाल्यकालदेखि नै ट्राफिक सचेतना आवश्यक रहेको उल्लेख गर्दै यी कार्यक्रमहरूले भविष्यमा सुरक्षित सडक परिवेश निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले विद्यालयस्तरमा यस्ता गतिविधि निरन्तर सञ्चालन गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

एसआर ग्यालेक्सी एकेडेमीका प्रधानाध्यापक शर्मानन्द कुशवाहाले व्यवहारिक शिक्षाको महत्त्व औंल्याउँदै विद्यार्थीमा जिम्मेवारी बोध तथा सकारात्मक सोच विकासमा कार्यक्रम उपयोगी हुने बताए। विद्यालयले ट्राफिक सचेतनामा सहयोग पुर्‍याएकोमा आयोजकप्रति धन्यवाद समेत व्यक्त गर्यो।

कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष राहुल ठाकुर, कोषाध्यक्ष अंकित चौरसिया, सचिव सोनालाल सहनीलगायत पदाधिकारीको उपस्थिति थियो। सहभागी विद्यार्थीहरूले ट्राफिक चिन्ह, सडक संकेतहरूको महत्व तथा सुरक्षामा आफ्नो भूमिकाबारे उत्साहपूर्वक सिकेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once