मधेस प्रदेशमा सत्ता विस्तार: अर्थमन्त्रीसहित ३ मन्त्री नियुक्त

spot_img

वीरगंज,२१ मंसिर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रीमण्डल विस्तार गरेका छन्।आइतबार पद तथा गाेपनियताकाे शपथ लिए लगत्तै मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गरेका हुन्।

यादवले नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादी कनिश पटेललाई बिना विभागीय मन्त्री तथा जनमत पार्टीका महेश प्रसाद यादव अर्थमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त तीनै जना मन्त्रीले शपथ ग्रहणपनि गरेका छन् ।प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनिहरुलाई शपथ खुवाएका हुन् ।

बाँकी मन्त्रीहरुको टुंगो मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिएपछि हुने बताइएको छ । गत शुक्रबार यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once