पर्सामा मतदाता सूची अद्यावधिक, कुल मतदाता संख्या ३ लाख ५२ हजार नाघ्यो

spot_img

वीरगंज,१० मंसिर । आउँदै गरेको फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा मतदाता नामावली अद्यावधिक अभियान सम्पन्न भएको छ। जिल्लामा कूल १५ हजार ४५ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारले जानकारी दिइन्।

मतदाता सूची अद्यावधिकका लागि असोज १० देखि मंसिर ५ गतेसम्म नागरिकले नाम दर्ता गराएका थिए। सो अवधिमा ८ हजार २४२ पुरुष र ६ हजार ८०३ महिला गरी कुल १५ हजार ४५ जनाले नयाँ मतदाता सूचीमा आफूलाई जोड्न सफल भएका छन्।

थपिएका मतदातामध्ये १४ हजार ३१८ जनाले पर्सा जिल्लामै दर्ता गराएका थिए भने ७२७ जनाले जिल्ला बाहिरबाट दर्ता गराएका थिए। यससँगै पर्सा जिल्लाको कुल मतदाता संख्या ३ लाख ५२ हजार ४८४ पुगेको छ। जसमा पुरुष मतदाता १ लाख ९८ हजार ८०८, महिला मतदाता १ लाख ५३ हजार ६६१ र तेश्रोलिङ्गी मतदाता १५ जना रहेका छन्।

जिल्ला निर्वाचन कार्यालयले भने, मतदाता सूचीमा उल्लेख्य वृद्धि हुनु आगामी निर्वाचनमा पर्साको राजनीतिक प्रतिस्पर्धा, निर्वाचन व्यवस्थापन र मतदाता सहभागिताका दृष्टिले महत्वपूर्ण संकेतको रूपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once