Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
23.1 C
Kathmandu

एआईजीपी कार्कीसहित तीन अधिकारीलाई दर्ज्यानी चिह्नसहित पदोन्नति

spot_img

काठमाडौं,१० मंसिर । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बुधबार विशेष समारोहमा तीनजना प्रहरी अधिकारीलाई पदोन्नति अनुरूप दर्ज्यानी चिह्न लगाइदिएका छन्।

मंसिर ८ गतेको मन्त्रिपरिषद् तथा गृहमन्त्रालयको निर्णयअनुसार पदोन्नति भएका अधिकारीहरूमा प्रहरी नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा भएका ईश्वर कार्की, प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका विश्व अधिकारी, र प्राविधिक समूहमा वरिष्ठ प्रहरी उपरीक्षबाट प्राविधिक नायब महानिरीक्षकमा बढुवा भएका राजकुमार चौधरी रहेका छन्।

समारोहमा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले पदोन्नति अधिकारीहरूलाई जेष्ठता, कार्यकुशलता र व्यावसायिक निष्ठाको मूल्याङ्कनका आधारमा बढुवा गरिएको बताए। उनले नयाँ जिम्मेवारीले संगठनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै, देश संवेदनशील अवस्थामा रहेको हुँदा प्रहरी सेवामा निष्ठा, शिष्ट व्यवहार र उत्कृष्ट आचरणलाई प्राथमिकता दिन निर्देशन दिए।

पदोन्नति भएका अधिकारीहरूले पनि समारोहमा आफ्नो तर्फबाट जिम्मेवारी इमानदारीपूर्वक निभाउने प्रतिबद्धता व्यक्त गरे।

समारोहमा वरिष्ठ प्रहरी अधिकारीहरू, कर्मचारी तथा विभिन्न विभागका प्रतिनिधिहरू उपस्थित थिए। यस अवसरले प्रहरी संगठनभित्र उच्चस्तरीय नेतृत्व क्षमता र व्यावसायिक प्रतिबद्धताको महत्वलाई पुनः पुष्टि गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once