Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
spot_img
25.7 C
Kathmandu

काठमाडौं प्रहरी कारबाही: ठमेलमा १३ जना लुटपाटमा संलग्न पक्राउ

spot_img

काठमाडौं,१० मंसिर ।  प्रहरीले पर्यटकहरूलाई अनावश्यक हैरानी दिने र लुटपाट गरेको आरोपमा १३ जनालाई ठमेलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर-५का १९ वर्षीय बादल तामाङ, बाजुराको बडिमालिका-४ का २२ वर्षीय गणेशनाथ, तनहुँ बन्दिपुर-३का २४ वर्षीय विशाल थापा मगर,
सिन्धुलीको दुधौली-६ का २० वर्षीय गणेश तामाङ र सर्लाहीको बाग्मती-२ का १९ वर्षीय सागर मगर, सुनसरी इटहरी २१ का २२ वर्षीय रमेश क्षेत्री रहेका छन् ।

यस्तै दोलखाको गौरीशंकर-२ का १९वर्षीय विशाल नेपाली, रामेछाप बाम्तेभण्डरका २१ वर्षीय मिलन नेपाली, गोरखाका २२ वर्षीय बिवश खनखवास, बाँके नेपालगञ्जका २३ वर्षीय अभिषेक थापा, काभ्रेपलान्चोक रोशीका २२ वर्षीय संजय लामा, दाङ घोराहीका २० वर्षीया प्रतिमा डाँगी र दाङ घोराहीकै २१ वर्षीया प्रमिला पुन मगरलाई प्रहरीले ठमलेबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा काठमाडौं प्रशासन कार्यालयबाट ४ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once