Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
21.1 C
Kathmandu

किसान राहत र बेरोजगार भत्ता : मधेश सरकारको ७१ करोडको सामाजिक सुरक्षा योजना लागू

spot_img

वीरगंज (पर्सा), १० मंसिर । मधेस प्रदेश सरकारले खडेरी र डुबानका कारण ठूलो क्षति व्यहोरेका किसान तथा रोजगार अभावमा रहेका युवाका लागि दुई महत्वपूर्ण राहत कार्यक्रम अघि सारेको छ । प्रदेश सरकारका अनुसार किसानहरूलाई प्रतिकठ्ठा १,५०० रुपैयाँ राहत उपलब्ध गराइने छ भने बेरोजगार युवालाई मासिक २,००० रुपैयाँ जीवन निर्वाह भत्ता प्रदान गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार गरेको पत्रकार सम्मेलनमा दुबै कार्यक्रमबारे विस्तृत जानकारी दिएका हुन् । उनका अनुसार कृषि मन्त्रालयबाट प्राप्त तथ्यांकअनुसार किसान राहत कार्यक्रम सञ्चालन गर्न ३६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । लामो समयसम्म चलेको खडेरीका कारण धानबाली प्रभावित भएका र त्यसपछि असोजमा परेको अविरल वर्षाले विभिन्न जिल्लाका किसान फेरि डुबानमा परेका कारण यो राहत आवश्यक भएको प्रदेश सरकारको निष्कर्ष छ । मनसुनकै समयमा सुक्खा परेको कारण मधेसका जिल्लालाई यसअघि नै सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।

त्यसैगरी, बेरोजगार युवाका लागि ल्याउन लागिएको जीवन निर्वाह भत्ता कार्यक्रम प्रदेश सरकारले अघि सारेको अर्को महत्वपूर्ण सामाजिक सुरक्षा पहल हो । १८ देखि ३५ वर्ष उमेर समूहका, स्नातक उत्तीर्ण भई कुनै रोजगारमा नलागेका युवालाई मासिक २,००० रुपैयाँ भत्ता दिने तयारी गरिएको मुख्यमन्त्री यादवले बताए । उनका अनुसार यो योजना कार्यान्वयन गर्न करिब ३५ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री यादवले भने, ‘राष्ट्रिय युवा नीतिले परिभाषित १८–३५ वर्ष उमेरका स्नातक युवामध्ये बेरोजगार रहेका करिब १ लाख ४८ हजार युवालाई लक्षित गरी हामीले बेरोजगार भत्ता कार्यक्रम अगाडि बढाइरहेका छौँ । प्रदेश सरकारले युवाको जीवन निर्वाह र आत्मविश्वास बढाउन यो कार्यक्रम आवश्यक ठानेको छ ।’

सरकारका यी दुवै कार्यक्रम किसानका लागि प्रत्यक्ष राहत र युवाका लागि जीवन निर्वाह भत्ता मधेस प्रदेशको कृषि तथा रोजगार क्षेत्र सुधारतर्फ महत्वपूर्ण कदमको रूपमा हेरिएको छ । प्रदेश सरकारका अनुसार यी योजनाले विपद्को मार व्यहोरेका किसानलाई तत्काल राहत उपलब्ध गराउनुका साथै बेरोजगार युवा जनशक्तिलाई न्यूनतम आर्थिक आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।

मधेस प्रदेश सरकारले खडेरी र डुबानका कारण ठूलो क्षति व्यहोरेका किसान तथा रोजगार अभावमा रहेका युवाका लागि दुई महत्वपूर्ण राहत कार्यक्रम अघि सारेको छ । प्रदेश सरकारका अनुसार किसानहरूलाई प्रतिकठ्ठा १,५०० रुपैयाँ राहत उपलब्ध गराइने छ भने बेरोजगार युवालाई मासिक २,००० रुपैयाँ जीवन निर्वाह भत्ता प्रदान गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार गरेको पत्रकार सम्मेलनमा दुबै कार्यक्रमबारे विस्तृत जानकारी दिएका हुन् । उनका अनुसार कृषि मन्त्रालयबाट प्राप्त तथ्यांकअनुसार किसान राहत कार्यक्रम सञ्चालन गर्न ३६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । लामो समयसम्म चलेको खडेरीका कारण धानबाली प्रभावित भएका र त्यसपछि असोजमा परेको अविरल वर्षाले विभिन्न जिल्लाका किसान फेरि डुबानमा परेका कारण यो राहत आवश्यक भएको प्रदेश सरकारको निष्कर्ष छ । मनसुनकै समयमा सुक्खा परेको कारण मधेसका जिल्लालाई यसअघि नै सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।

त्यसैगरी, बेरोजगार युवाका लागि ल्याउन लागिएको जीवन निर्वाह भत्ता कार्यक्रम प्रदेश सरकारले अघि सारेको अर्को महत्वपूर्ण सामाजिक सुरक्षा पहल हो । १८ देखि ३५ वर्ष उमेर समूहका, स्नातक उत्तीर्ण भई कुनै रोजगारमा नलागेका युवालाई मासिक २,००० रुपैयाँ भत्ता दिने तयारी गरिएको मुख्यमन्त्री यादवले बताए । उनका अनुसार यो योजना कार्यान्वयन गर्न करिब ३५ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री यादवले भने, ‘राष्ट्रिय युवा नीतिले परिभाषित १८–३५ वर्ष उमेरका स्नातक युवामध्ये बेरोजगार रहेका करिब १ लाख ४८ हजार युवालाई लक्षित गरी हामीले बेरोजगार भत्ता कार्यक्रम अगाडि बढाइरहेका छौँ । प्रदेश सरकारले युवाको जीवन निर्वाह र आत्मविश्वास बढाउन यो कार्यक्रम आवश्यक ठानेको छ ।’

सरकारका यी दुवै कार्यक्रम किसानका लागि प्रत्यक्ष राहत र युवाका लागि जीवन निर्वाह भत्ता मधेस प्रदेशको कृषि तथा रोजगार क्षेत्र सुधारतर्फ महत्वपूर्ण कदमको रूपमा हेरिएको छ । प्रदेश सरकारका अनुसार यी योजनाले विपद्को मार व्यहोरेका किसानलाई तत्काल राहत उपलब्ध गराउनुका साथै बेरोजगार युवा जनशक्तिलाई न्यूनतम आर्थिक आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once