Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
19.1 C
Kathmandu

काठमाडौं उपत्यकाको तापक्रम ७.८ डिग्रीमा झर्यो

spot_img

काठमाडौं,०७ मंसिर । काठमाडौं उपत्यकामा चिसो लगातार बढ्दै गएसँगै न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसभन्दा तल झरेको छ। आइतबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार ११ डिग्री रहेको तापक्रम शनिबार एकैचोटि घटेर ८.५ डिग्रीमा पुगेको थियो। आज आइतबार बिहान ५:४५ बजे मापन गरिएको तापक्रम ७.८ डिग्री देखिएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिएका छन्।

मौसम महाशाखाले दैनिक रूपमा काठमाडौंसहित देशभरि न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ। न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम साँझ ५:४५ बजे मापन गरिने मौसमविद्हरू बताउँछन्।

आगामी दिनहरूमा चिसो अझै बढ्ने अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once