Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
19.1 C
Kathmandu

युवा एकता र संगठन सुदृढीकरणमा जोड: वीरगंजमा जेन जी टोलीको विशेष भेटघाट

spot_img

वीरगंज,०६ मंसिर । जेन जी नेपालका संयोजक सुदन गुरुङ र जेन जी पर्साका संयोजक विशेष साहसहित पर्साका विभिन्न वडाहरू तथा स्थानीय तहमा सक्रिय युवा नेतृत्वबीच आज वीरगंजमा विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

पर्सा जिल्लामा युवाको संगठनात्मक क्षमता विस्तार र आगामी योजनालाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले आयोजित कार्यक्रममा सामाजिक मुद्दाहरू, स्थानीय स्तरका चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको जेन जी पर्साले जनाएको छ।

कार्यक्रममा अभियन्ता रणधीर वर्णावाल, राजा गुप्ता, अजीत सिंह, अमर सराफ, आँशु सिंह, सागर सर्राफ, र रिशु वर्मासहितको टोली सहभागी रहेको थियो। भेटघाटपूर्व टोलीले वीरगंजस्थित ऐतिहासिक माईस्थान मन्दिरमा पूजा–पाठ गर्दै देश तथा प्रदेशको शान्ति, समृद्धि तथा युवाको उज्ज्वल भविष्यका लागि प्रार्थना गरेको बताइएको छ।

भेलाबाट पर्साका विकासका मुद्दाहरूलाई प्राथमिकता दिएर युवालाई एकीकृत रूपमा संगठित गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। जेन जी नेपाल र पर्साका युवा नेतृत्वबीचको यो भेटघाट संगठन सुदृढीकरणतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once