Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
20.1 C
Kathmandu

सामाजिक सञ्जालमार्फत लाखौँ ठगी बढ्यो: राष्ट्र बैंकले जनतालाई उच्च सतर्कता अपनाउन आग्रह

spot_img

वीरगंज, ५ मंसिर । डिजिटल सेवासँग जोडिएका ठगी तथा अनलाइन स्क्यामका घटनामा हालै तीव्र वृद्धि हुँदै गएको नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयले जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यालयका निर्देशक सुशिल पौडेलले सामाजिक सञ्जालमार्फत ‘लगानी’को नाममा सर्वसाधारण ठगिने घटनाहरू अत्यधिक बढेको स्पष्ट बताए ।

उनका अनुसार ठगी समूहहरू प्रारम्भमा अनलाइनमै आत्मियता बढाउने कुराकानीबाट विश्वास जित्ने प्रयास गर्छन् । त्यसपछि आकर्षक आम्दानीको प्रलोभन देखाई विभिन्न समूहमा समावेश गराएर रकम माग्न थाल्छन् । अधिकांश सम्वादहरू अटो–डिलिट हुने च्यानल वा समूहमार्फत हुने भएकाले प्रमाण संकलन गर्न निकै कठिन हुने पौडेलले उल्लेख गरे ।

‘पढे–लेखेकाले समेत २५–२६ लाख रुपैयाँसम्म गुमाएको उजुरी हामीकहाँ दर्ता भएका छन्,’ उनले भने, ‘अज्ञानता, लोभ र डर—यही तीन आधारलाई निशाना बनाएर प्रायः ठगी हुने गरेको छ ।’ दर्ता नभएका वा कानुनी मान्यता नपाएका कम्पनीहरूमा लगानी गर्दा रकम फिर्ता पाउन नसकिने स्पष्ट गर्दै उनले डिजिटल मनी प्रयोग गर्दा आधारभूत सुरक्षा मापदण्डहरू अपनाउन आवश्यकतामा जोड दिए ।

यस्ता घटना घटिसकेपछि पीडितले तत्काल आफ्नो बैंक खातामै गुनासो दर्ता गर्नुपर्ने, अनुसन्धान निकायमा पनि निवेदन दिनुपर्ने तथा कुनै पनि योजनामा लगानी गर्नु अघि अनिवार्य जाँच–पड्ताल गर्नुपर्ने सुझाव उनले दिए । हाल भेटिएका धेरै स्क्याम विदेशबाट संचालन हुने र अपराधीक खातामार्फत रकम सारिने गरेको पनि उनको भनाइ छ ।

राष्ट्र बैंकले चाँडै वीरगंजमै ‘गुनासो सुनुवाइ इकाइ’ स्थापना गर्न लागेको जानकारी दिँदै पौडेलले भने, ‘स्क्यामको क्षेत्रमा अहिले सबैभन्दा बढी इन्नोभेसन भइरहेको छ । एउटा शैली काम गर्न छोडेपछि ठगी समूहले तुरुन्तै नयाँ तरिका ल्याइदिन्छन् ।’ सीमा नाका क्षेत्र हुँदै डिजिटल ठगीका घटना अझै धेरै देखिएको उनको अनुभव छ ।

त्यस्तै, उप–निर्देशक अभियान उपाध्यायले इन्टरनेट बैंकिङले सेवामा सहजता त ल्याएको छ, तर समानान्तर रूपमा ठगीको जोखिम पनि तीव्र रूपमा बढेको बताए । डिजिटल साक्षरता नबढेसम्म यस्ता समस्याबाट नागरिक सुरक्षित रहन नसक्ने धारणा उनले राखे । बैंकका अधिकारीहरूले डिजिटल सेवाको सुरक्षित प्रयोग गर्न, कुनै पनि लगानी अघि अनिवार्य तथ्य–परिक्षण (मगभ मष्ष्निभलअभ) गर्न, शंकास्पद लिंक तथा संदेशबाट टाढा रहन र प्थ्ऋ नियमित रूपमा अपडेट गर्न आग्रह जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once