Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
19.1 C
Kathmandu

मौसम पूर्वानुमान : आज देशका धेरै भागमा वर्षा र हिमपात हुनसक्ने

spot_img

काठमाडौं, १५ कात्तिक । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ।

आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोसी र मधेस प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

त्यस्तै, कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यम हिमपात र कर्णाली प्रदेशका उच्च स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोसी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने र ती प्रदेशका पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपात हुनसक्ने महाशाखाको अनुमान छ।

मौसमविद्हरूले हालको प्रणाली केही दिनसम्म सक्रिय रहन सक्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once