Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
19.1 C
Kathmandu

आईसीसी लिग–२: नेपाल आज अमेरिकासँग तेस्रो खेलमा भिड्दै

spot_img

कात्तिक,१५  काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय (ओडिआई) शृंखलाको तेस्रो खेलमा नेपाल आज अमेरिकासँग भिड्दै छ।

दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान ११:१५ बजे (सवा ११ बजे) सुरु हुनेछ।

यसअघि नेपालले शृंखलामा खेलेका दुवै खेलमा पराजय व्यहोरेको छ। पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा यूएईसँग ५ विकेटले हार बेहोरेको थियो।

लगातार दुई हारपछि नेपालमाथि अब बाँकी दुवै खेल जित्ने दबाब छ।

अर्कातर्फ, अमेरिकाले भने नेपाल र यूएई दुवैलाई हराउँदै उत्कृष्ट प्रदर्शन गरिरहेको छ। लिग २ को तालिकामा अमेरिका २२ खेलबाट ३२ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल १८ खेलबाट १२ अंकसहित सातौं स्थानमा रहेको छ।

नेपालका लागि आजको खेल लिग–२ मा आफ्नो स्थान सुधार गर्ने निर्णायक अवसरका रूपमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once