Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
19.1 C
Kathmandu

राष्ट्रपति अस्वस्थ भएपछि प्रधानमन्त्री र जेनजीबीचको वार्ता स्थगित

spot_img

काठमाडौँ,२७ असोज । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री र जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच सोमबारका लागि तय गरिएको वार्ता स्थगित गरिएको छ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेल अस्वस्थ भएकाले बैठक बोलाउन नसकिने अवस्था आएको हो। शनिबारदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

अस्पताल स्रोतका अनुसार राष्ट्रपतिलाई टाउको दुख्ने र वान्ता हुने लक्षण देखिएको छ र उनी चिकित्सकहरूको निगरानीमा छन्।

सरकारले जेनजी अगुवाहरूसँग सोमबार वार्ता गर्ने तयारी गरेको थियो। तर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था नाजुक भएपछि बैठक स्थगित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। बैठक कहिले सारिने भन्नेबारे भने हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once