Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
19.1 C
Kathmandu

एसईई पूरक नतिजा सार्वजनिक : ८३ हजार पास, ६० हजार अनुत्तीर्ण

spot_img

वीरगंज,११ असोज । राष्ट्रिय परीक्षा बोर्डले शनिबार माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार परीक्षामा सहभागी १ लाख ४३ हजार २५७ विद्यार्थीमध्ये ८३ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने ५९ हजार ६९३ जना अनुत्तीर्ण (अवर्गीकृत) भएका छन्।

पूरक परीक्षा नियमित परीक्षामा एक वा दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीका लागि आयोजना गरिएको हो। यस परीक्षाबाट उत्तीर्ण हुने विद्यार्थीले आगामी शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना हुन सक्नेछन्।

बोर्डले नतिजा सार्वजनिकसँगै विद्यार्थीहरूले आफ्नो नतिजा बोर्डको वेबसाइट, एसएमएस सेवा र विभिन्न शिक्षा पोर्टलमार्फत हेर्न सक्ने व्यवस्था गरेको छ।

बोर्डका अनुसार पूरक परीक्षाको नतिजा मूल्यांकन प्रक्रिया निष्पक्ष र तोकिएका मापदण्डअनुसार सम्पन्न गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once