Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

सरकारी कार्यालयमा अब स्वदेशी फर्निचर मात्र प्रयोग हुने : उद्योग मन्त्रालयको निर्णय

spot_img

काठमाडौं,०६ असोज । नयाँ नियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिह्नाले पदभार ग्रहणसँगै पहिलो निर्णय गरेका छन् । उनले सङ्घीय सरकार, प्रदेश र स्थानीय तहले प्रयोग गर्ने फर्निचर नेपाली काठबाट निर्माण भएको, स्वदेशमै उत्पादित वस्तु हुनुपर्ने अनिवार्य व्यवस्था लागू गर्ने निर्णय गरेका हुन् ।

आजै पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका मन्त्री सिह्नाले नेपाली उद्योगलाई प्रवर्द्धन गर्न र आयातमा निर्भरता घटाउन यो निर्णय लिएको बताए। ‘हामीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर मात्रै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्छौँ,’ मन्त्री सिह्नाले भने।

उनका अनुसार अबदेखि सरकारी कार्यालयहरूले प्रयोग सबै किसिमका फर्निचर नेपाली काठ प्रयोग गरेर स्वदेशमै उत्पादन भएको हुनुपर्नेछ । यो नीति सबै प्रदेश सरकार र स्थानीय तहमा पनि लागू गरिनेछ।

मन्त्री सिह्नाले यो निर्णयमार्फत नेपाली काठ उद्योग, फर्निचर व्यवसाय र रोजगारीमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् । आजै अनिलकुमार सिह्नासहित चार जना मन्त्रीहरूले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once