Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

धनुषामा प्रहरी निरिक्षक जटाशंकर यादव ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

spot_img

धनुषा,०६ असोज । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक जटाशंकर यादवलाई २०८२ साल भदौ महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ (Police of the Month) घोषित गरेको छ।

पर्सा जिल्ला निवासी यादव हाल इलाका प्रहरी कार्यालय ढल्केवर, धनुषाका प्रमुखको रूपमा कार्यरत छन् । उनले हालै धनुषा जिल्लामा शान्ति सुरक्षा, चोरी नियन्त्रण र लागुऔषध नियन्त्रणमा उल्लेखनीय योगदान दिएका कारण यो सम्मान पाएका हुन् ।

कार्यालयका अनुसार २०८२ भदौ ६ गते राति गणेशमान चारनाथ नगरपालिकास्थित एक मोबाइल पसलमा भएको चोरी घटनामा संलग्न तीन जनालाई पक्राउ गरी चोरीका सामानसहित कानूनी कारबाहीमा ल्याएको, भदौ २३ र २४ गते JEN-Z युवा समूहको आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका पाँच कैदीलाई पक्राउ गरी पुनः कारागार पठाएको, साथै भदौ ३१ गते विदेह नगरपालिका–३ मा अवैध रूपमा लुकाइ राखिएको ४७५ किलो गाँजा बरामद गरी सवारीसहित पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीले यादवको कार्यले आमजनमानसमा प्रहरीप्रति विश्वास र सकारात्मक सोच अभिवृद्धि भएको भन्दै उनीलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरिएको जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once