Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

मधेश प्रदेशसभाको बैठक असोज ७ गते बस्ने

spot_img

जनकपुर,०४ असोज । मधेश प्रदेशसभाको बैठक यही असोज ७ गते (मंगलबार) बस्ने भएको छ । सभामुख रामचन्द्र मण्डलको डाकमा बसेको सर्वदलीय बैठकले संघीयता र लोकतान्त्रिक प्रक्रियाको रक्षा गर्न सबै दलहरू एकताबद्ध भएर अगाडि बढ्ने निष्कर्ष निकाल्दै बैठक आह्वान गर्ने निर्णय गरेको हो ।

शनिबार सभामुखको कार्यकक्षमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल, लोसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता तथा प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रदेशसभाको बैठक साउनयता अवरुद्ध थियो । विपक्षी दलहरूले मधेश प्रदेशका अर्थमन्त्रीको राजीनामाको माग गर्दै बैठक बहिष्कार गरेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । तर, हालैको जेन–जी आन्दोलनपछि संघीयतामाथि उठेका प्रश्नहरू र देशभर फैलिएको सन्त्रासलाई सम्बोधन गर्न दलहरू सहमतिमा पुगेर बैठक बोलाइएको सभामुख मण्डलले जानकारी दिए ।

नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णकुमार यादवले संघीयता जोगाउन र मधेश प्रदेशका जनतालाई सकारात्मक सन्देश दिनका लागि सबै दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याए ।

जेन–जी आन्दोलनको क्रममा मधेश प्रदेशसभाको भवनमा समेत आगजनी गरी क्षति पुर्याइएको थियो । हाल भवनको पुनर्निर्माण तथा मर्मत कार्य तीव्र गतिमा भइरहेको र बैठकका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once