पाकिस्तान शाहीन्सले नेपाललाई १ सय ४५ रनकाे लक्ष्य दियाे

spot_img

काठमाडौं,०६ भदौ । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलाअन्तर्गतको आजको खेलमा पाकिस्तान शाहिन्सले नेपाललाई रनको लक्ष्य दिएको छ। डार्बिनको मरारा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ४४ रन बनाएको हो।

पाकिस्तानका लागि कप्तान इरफान खानले सर्वाधिक ४२ रन बनाए। यस्तै अब्दुल समदले २६, मुहम्मद वासिमले २३ तथा यासिर खानले १८ रन बनाए। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ तथा नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले समान दुई दुई विकेट लिए। कुशल भुर्तेलले १ विकेट लिए।

जारी शृङ्खलामा यसअघि नेपालले खेलका पाँच खेलमा तीनमा हार र दुईमा जित दर्ता गरेको छ ।
नेपाल यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो भने बङ्गलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । नेपाले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनको हराएको थियो ।

कुल ११ टोली सहभागी प्रतियोगितामा ६ लिग खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपाल हाल पाँच खेलमा चार अंकका साथ सातौ स्थानमा छ। पाकिस्तान समान खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once