Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
19.1 C
Kathmandu

वीरगन्ज–१६ मा विशेष बिरुवा वितरण अभियान, हरियाली संरक्षणमा जोड

spot_img

वीरगंज,०५ भदौ । वीरगन्ज महानगरपालिका–१६ नगवामा आज विभिन्न प्रजातिका बिरुवा वितरण तथा रुख–बिरुवा संरक्षण गर्न समुदायलाई उत्प्रेरित गर्ने उद्देश्यले विशेष अभियानको शुभारम्भ गरिएको छ ।

यस अभियान अन्तर्गत स्थानीय बासिन्दाहरूलाई आवश्यक अनुसारका फलफूल, छायाँ दिने तथा औषधीय गुणयुक्त बिरुवाहरू निशुल्क वितरण गरिएको छ । कार्यक्रममार्फत वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र प्रदूषण न्यूनीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिइएको वडा कार्यालयले जानकारी दिएको छ ।

यस अवसरमा जनमत पार्टीका वीरगन्ज अध्यक्ष एवं युवा नेता ओम प्रकाश सरार्फको विशेष उपस्थिति रहेको थियो । उहाँले वातावरणीय सन्तुलन कायम राख्न रुख बिरुवा रोप्न मात्र नभई त्यसको संरक्षणमा पनि सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीहरूमध्ये धेरैले आफ्ना घर आँगन, विद्यालय, मठ–मन्दिर तथा सार्वजनिक स्थानमा बिरुवा रोप्ने प्रतिबद्धता जनाएका छन् । साथै, वडा नं. १६ कार्यालय परिसरमै समेत आवश्यक पर्ने नागरिकले लिन सक्ने गरी विभिन्न किसिमका बिरुवा राखिएको छ ।

उक्त कार्यक्रममा वन पैदावर आपूर्ति समितिका अध्यक्ष श्याम शंकर चौरसिया, जनमतका केन्द्रिय सदस्य बिध्यालाल प्रसाद, क्षेत्र नम्बर -१(ख) संयोजक डा. मनोज सरार्फ,प्रदेश सदस्य शिव यादव जिल्ला सदस्य सहनवाज राकी,युवा वरिष्ठ उपाध्यक्ष धिरेन्द्र पन्जियार, कोषाध्यक्ष सिकेन्द्र राम, महानगर युवा संयोजक संजय सिह, महानगर सचीव लोकेश कर्ण ,युवा नेता संजय सरार्फ लगायतको सहभागीता रहेको थियो।

यस अभियानले वीरगन्जवासीमा हरियाली संरक्षणप्रति सचेतना बढाउने र भविष्यमा स्वस्थ वातावरण निर्माणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once