शिक्षा र खेलकुदमा सहकार्य विस्तार गर्न नेपाल–रुसबीच छलफल

spot_img

काठमाडौं,१२ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाली राजदूत एलेक्सी भ्लादिमेरोभिकले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल र रसियाबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको हो।

भेटवार्ताका क्रममा शिक्षा, खेलकुद तथा जनशक्ति विकासलगायतका क्षेत्रमा नेपाल र रसियाबीचको सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो। दुवै पक्षले यी क्षेत्रमा सहकार्यका सम्भावना र अवसरबारे समेत विचार आदानप्रदान गरेका थिए। भेटमा मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासका क्षेत्रमा रसियाली सरकारले गर्दै आएको योगदान र सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए। उनले शिक्षा तथा खेलकुद क्षेत्रको विकासका लागि दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी र विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

मन्त्री पोखरेलले शिक्षा र खेलकुदका माध्यमबाट जनशक्ति विकास तथा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा राखेका थिए।त्यस अवसरमा रसियाली राजदूत एलेक्सी भ्लादिमेरोभिकले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी गर्न रसियाली पक्ष इच्छुक रहेको बताएका थिए। उनले शिक्षा, खेलकुद तथा सम्बन्धित क्षेत्रमा सहकार्यका नयाँ सम्भावना पहिल्याउन रसियाली पक्ष तयार रहेको उल्लेख गरेका थिए।

भेटवार्तामा नेपाल र रसियाबीच शिक्षा, खेलकुद र जनशक्ति विकासका क्षेत्रमा सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्दै आगामी दिनमा त्यसलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो।

नेपाल र रसियाबीच लामो समयदेखि कायम द्विपक्षीय सम्बन्धलाई शिक्षा, खेलकुद तथा जनशक्ति विकासजस्ता क्षेत्रमा सहकार्य विस्तारमार्फत थप सुदृढ गर्ने विषय भेटवार्ताको मुख्य विषय बनेको थियो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once