Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
19.1 C
Kathmandu

बैंकहरूको चाडपर्व अफर: सवारी कर्जामा आकर्षक ब्याजदर सार्वजनिक

spot_img

काठमाडौँ,०५ भदौ । दशैं-तिहारको चाडबाड नजिकिँदै गर्दा सवारी साधन खरिदबिक्रीमा वृद्धि भएको छ।

यसैलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाहरूले सवारी कर्जामा आकर्षक योजनाहरू ल्याएका छन्। विशेषगरी नाडा अटो शोमा सहभागी बैंकहरूले प्रतिस्पर्धी ब्याजदर र अन्य सुविधासहितका अफरहरू सार्वजनिक गरेका छन् ।

ब्याजदरको होडबाजी

नबिल बैंकले ७ वर्षका लागि ६ दशमलव ७४ प्रतिशतको गतिशील ब्याजदरमा अटो कर्जा उपलब्ध गराएको छ। कृषि विकास बैंकले विद्युतीय सवारीका लागि सबैभन्दा कम ६ दशमलव २३ प्रतिशत ब्याजदरमा ऋण दिने जनाएको छ, जसमा सेवा शुल्कमा ३३ प्रतिशत छुट छ। लक्ष्मी सनराइज बैंकले नाडा अटो शोका लागि ७ दशमलव ९९ प्रतिशतको स्थिर ब्याजदरमा कर्जा अफर गरेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले त्रैमासिक औसत आधार दरमा ० दशमलव ५ प्रतिशत थप गरी ६ दशमलव २९ प्रतिशतमा कर्जा दिने जनाएको छ।

सानिमा बैंकले ५ वर्षका लागि ७ दशमलव ९९ प्रतिशत र ७ वर्षका लागि ८ दशमलव १५ प्रतिशत को ब्याजदरमा अटो लोन दिँदैछ। ग्लोबल आइएमई बैंकले अटो शो अवधिमा मात्र लागु हुने गरी ६ दशमलव ९९ प्रतिशतमा अटो लोनको अफर ल्याएको छ।एनएमबी बैंकले ७ दशमलव १३ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ। हिमालयन बैंकले ८ वर्षसम्मको अवधिका लागि ७ दशमलव ५० प्रतिशतको गतिशील ब्याजदरमा सवारी कर्जा उपलब्ध गराएको छ।

कर्जाका प्रकार र जोखिम

बैंकहरूले गतिशील र स्थिर दुई प्रकारका ब्याजदरमा कर्जा प्रवाह गर्दै आएका छन्। गतिशील ब्याजदर बैंकको आधार दरमा निर्भर हुने भएकाले यसमा ग्राहकलाई जोखिम हुन्छ, तर ब्याजदर कम हुन्छ। स्थिर ब्याजदरमा भने कर्जा अवधिभर ब्याजदर परिवर्तन नहुने भएकाले ग्राहकलाई मासिक किस्ता ९ईएमआई० व्यवस्थापन गर्न सहज हुन्छ, यद्यपि यो तुलनात्मक रूपमा महँगो हुन्छ।

अधिक तरलताको अवस्थाबाट गुज्रिरहेका बैंकहरूले सुरक्षित मानिने सवारी कर्जामा लगानी बढाएर आफ्नो तरलता व्यवस्थापन गर्न खोजेको देखिन्छ। यसका लागि नाडा अटो शोमा ८ वटा बैंकले स्टल राखेर आफ्ना योजनाहरूको प्रचार गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once