Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
19.1 C
Kathmandu

रौतहटको गुजरामा लागुऔषध गाँजासहित एक युवक पक्राउ

spot_img

रौतहट,०४ भदौ । रौतहटको गुजरा नगरपालिका–२ बाट प्रहरीले गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार गुजरा–२ निवासी ५५ वर्षीय गोपालबहादुर थिङ गाँजासहित पक्राउ परेका हुन् ।

थिङले आफ्नै घरमा लागूऔषध गाँजा खरिद–बिक्री गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी रंगपुर र इलाका प्रहरी चन्द्रनिगाहपुरबाट खटिएको संयुक्त टोलीले खानतलासी गरेको हो ।

प्रहरीले उनको घर खानतलासी गर्दा कोठामा लुकाइराखेको करिब साढे ३ किलो गाँजा बरामद गरेको जनाएको छ । सोही क्रममा प्रहरीले ७८ हजार नेपाली रुपैयाँ र ६ सय १० भारतीय रुपैयाँ पनि फेला पारेको छ ।

पक्राउ परेका थिङलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाँजा उनले कहाँबाट ल्याएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once