Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
19.1 C
Kathmandu

सर्लाहीमा पूर्व शिक्षक यादवको गोली प्रहारबाट मृत्यु, अपराधी फरार

spot_img

सर्लाही,३१ साउन । सर्लाहीको हरिपूर्वा नगरपालिका–६ मा शुक्रबार राति अज्ञात व्यक्तिबाट गोली प्रहार हुँदा ४० वर्षीय रामपुकार यादवको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार, राति करिब ८:२० बजे आफ्नै घर अगाडि छिमेकीसँग गफ गरिरहेका बेला मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले यादवमाथि गोली प्रहार गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार, ती आक्रमणकारीले ‘रामपुकार को हो?’ भनेर सोधेर नजिकै पुगेर पेस्तोलबाट टाउकोमा गोली प्रहार गरेका थिए ।

गम्भीर घाइते भएका यादवलाई तत्कालै आफन्तले महोत्तरीको सोनामा गाउँपालिका पर्सास्थित जानकी हेल्थ केयर पुर्याए, तर अस्पताल पुग्नेबित्तिकै चिकित्सकले मृत्यु भएको पुष्टि गरेका थिए ।

यादव पहिला शिक्षक थिए । तर हाल उनी खेती किसानी गर्दै घरमै बस्दै आएका थिए । हत्या किन गरियो भन्ने कारण भने अहिलेसम्म खुलेको छैन।

प्रहरीले घटनास्थलबाट प्रारम्भिक प्रमाण संकलन गरेको र दुई आक्रमणकारीको खोजीका लागि विशेष टोली परिचालन गरेको डीएसपी राईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once