Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
19.1 C
Kathmandu

मानवसेवा आश्रमको पहलमा सिमराबाट मानसिक अवस्था कमजोर पुरुष उद्धार

spot_img

वीरगंज,३१ साउन । मानवसेवा आश्रम वीरगंज शाखाले गए राति सिमराबाट एकजना मानसिक अवस्था कमजोर पुरुषलाई उद्धार गरेको छ । शुक्रबार राति ९:३० बजे वारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित वन कार्यालय अगाडिबाट करिब ४० वर्षीय नाम ठेगाना प्रष्ट बताउन नसक्ने पुरुषलाई उद्धार गरी आश्रम ल्याइएको हो।

आश्रम ल्याएपछि सरसफाइ तथा नुहाइधुइ गराई प्रारम्भिक उपचारका लागि डा. भरत गोईको निगरानीमा औषधोपचार सुरु गरिएको आश्रमले जनाएको छ।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, संयोजक मुना मगर, जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी जवान नागेश्वर यादव, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक हवल्दार अरविन्द कुमार दास तथा स्थानीय व्यक्तिहरूको समेत सक्रिय भूमिका रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once