Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
21.1 C
Kathmandu

विशेष अदालतमा अध्यक्षसहित पाँच नयाँ न्यायाधीश सिफारिस

spot_img

काठमाडौँ,३० साउन । न्याय परिषद्‌ बैठकले विशेष अदालतमा अध्यक्षसहित ५ न्यायाधीश नयाँ तोक्न सिफारिस गरेको छ ।

शुक्रबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्टलाई तोक्न सिफारिस गरेको हो ।

उनी यसअघि उच्च अदालत जनकपुरमा कार्यरत रहेका थिए । त्यस्तै, सदस्यहरूमा नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालालाई तोक्न सिफारिस गरिएको छ ।

रावल र श्रेष्ठ उच्च अदालत सुर्खेत साथै कोइराला उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा कार्यरत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once