Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
21.1 C
Kathmandu

विदेशी भूमिमा नेपाली दु:खद घटना: कुवेतमा ९ को मृत्यु, दर्जनौं बिरामी

spot_img

काठमाडौँ,३० साउन । खाडी मुलुक कुवेतमा तीन दिनको अवधिमा ९ जना नेपालीको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा ९ जनाको मृत्यु भएको नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यले शुक्रबार रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार ३० भन्दा बढी नेपाली कामदार बिरामी रहेको र उनीहरूको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ । यसबारेमा कुवेत सरकारले दूतावासलाई प्रारम्भिक जानकारी उपलब्ध गराइसकेको बताउँदै उनले विस्तृत विवरण लिने क्रममा रहेको बताए ।

वर्गीकृत विज्ञापन
विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस्
उनका अनुसार कुवेतमा मदिरा प्रतिबन्ध रहेको छ । तर लुकीछिपी बेचबिखन हुने र सोही मदिरा किनेर सेवन गर्दा ठुलो सङ्ख्यामा नेपाली प्रभावित भएका हुन् ।

‘हामी निरन्तर कुवेतका अधिकारीहरूसँग सम्पर्कमा छौँ । हामी थप विवरण लिने क्रममा अहिले छौँ’, उनले भने । सबै प्रक्रिया पूरा भएपछि मृतकहरूको शव नेपाल पठाउन दूतावासले आवश्यक सहजीकरण गर्ने उनले बताए ।

कुवेतमा हाल १ लाख ३० हजार नेपाली कार्यरत रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once