Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
21.1 C
Kathmandu

तराई आसपास मनसुनको न्यून चाप, केही प्रदेशमा मध्यम वर्षा हुने

spot_img

वीरगंज,३० साउन । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहे पनि बिस्तारै दक्षिणतर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण नेपालमा मनसुन केही कमजोर हुँदै जाने भए पनि हाल बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने रहेको महाशाखाको भनाइ छ ।

आज (शुक्रबार) बिहान सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once