Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
24.1 C
Kathmandu

रवि लामिछाने रिहाइ निवेदनमाथि बहस सम्पन्न, अब के भन्छ अदालत?

spot_img

काठमाडौं,२६ साउन । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइको मागसहितको निवेदनमाथि आज जिल्ला अदालत रुपन्देहीमा भएको बहस सकिएको छ।

जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार, न्यायाधीश नारायण सापकोटाको इजलासमा भएको बहसपछि अदालतले आजै आदेश सुनाउने सम्भावना छ । लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसपछि चैत २५ गतेदेखि उनी कारागारमा छन्। यसअघि उनी जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए ।

उनले आफ्नो भागमा परेको बिगो बराबरको जमानत बुझाएर रिहा हुन पाउनुपर्ने मागसहित साउन १९ गते जिल्ला अदालतमा पुनः निवेदन दिएका थिए। आजको अदालतको निर्णयले उनको कारागार बसाइको भविष्यबारे स्पष्ट पार्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once