Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
24.1 C
Kathmandu

टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प, एकको मृत्यु र २९ घाइते

spot_img

काठमाडौं,२६ साउन । टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ भूकम्प गएको छ। ६.१ म्याग्निच्युडको भूकम्पमा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ८१ वर्षीया महिला छिन्। भग्नावशेषबाट निकालिएको केही समयपछि उनको मृत्यु भएको हो।

उक्त भूकम्पका कारण कम्तीमा १६ वटा भवन पूर्ण रूपमा ढलेका छन् भने २९ जना घाइते भएका छन्।

टर्कीको विपद् व्यवस्थापन एजेन्सीका अनुसार स्थानीय समय अनुसार साँझ ७ः५३ बजे भूकम्पको धक्का महसुस गरिएको थियो, जुन राजधानी इस्तानबुलसम्म अनुभूत गरिएको हो।

राष्ट्रपति रेचेप तैय्यप एर्दोआनले एक वक्तव्य जारी गर्दै भूकम्पबाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले सबै उद्धार तथा राहत कार्यहरूमा सरकारले नजिकबाट निगरानी गरिरहेको उल्लेख गरेका छन्।

गृहमन्त्री अली येरलिकायाका अनुसार हाल राहत तथा उद्धार कार्यहरू पूरा भइसकेका छन् र थप गम्भीर क्षति वा अन्य मानविय क्षतिको जानकारी नभएको पुष्टि गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once