Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

रास्वपाले साउन पाँच गतेदेखि घरदैलो हस्ताक्षर अभियान चलाउने

spot_img

काठमाडौँ ,०१ श्रवान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म करिब २५ लाख हस्ताक्षर सङ्कलन भएको जानकारी दिएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरी अनुमानित हस्ताक्षर र खर्चको विवरण सार्वजनिक गरेको हो ।

सहकारी ठगी आरोपमा पुर्पक्षका लागि भैरहवा जेलमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई राजनीति प्रतिशोध र पूर्वाग्रहका आधारमा राज्यले थुनामा राखेको भन्दै असार ७ गतेबाट हस्ताक्षर अभियान थालेको थियो । देश विदेशका विभिन्न माध्यमबाट हस्ताक्षर जारी नै रहेकाले तथ्याङ्क अझै बढी हुनसक्ने अभियानका संयोजक दीपक बोहराले जानकारी दिए । उनले हस्ताक्षर अभियानलाई थप प्रभावकारी बनाउन साउन पाँच गतेदेखि वडा स्तरमा घरदैलो कार्यक्रम गर्ने बताए ।

पाँच लाख लामिछानेको अपिल र २ लाख हस्ताक्षर फारम भरेर पठाइसकेको पनि जानकारी दिए । हस्ताक्षर अभियानमा हालसम्म ५९ लाख ६८ हजार खर्चको भएको बोहराले जिकिर गरेका छन् ।

‘अभियानलाई थप विस्तार गर्न सभापतिको अपिल पाँच लाख र हस्ताक्षर २ लाख पठाइसकेको छ । साउन पाँच गतेबाट घरदैलो अभियानमा जाँदैछौँ । सात प्रदेश र अन्य दुई केन्द्रमा गरी जम्मा २४ लाख ५७ हजार ६१८ हस्ताक्षर भएको छ’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once