Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

काठमाडौं–हेटौंडा यातायातमा असर, कान्ति लोकपथ चार दिन बन्द

spot_img

काठमाडौं,२१ जेष्ठ । काठमाडौं–हेटौंडा जोड्ने छोटो दूरीको सडक कान्ति लोकपथ आज (बुधबार) देखि चार दिन पूर्णरूपमा बन्द भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर आजदेखि २४ गतेसम्म सडक पूर्णरूपमा बन्द हुने जानकारी दिएको थियो।

कान्ति लोकपथअन्तर्गत बगुवाको बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न गर्न लागिएको हो। सडक बन्द हुँदा हेटौँडा–काठमाडौं र काठमाडौं–हेटौँडा चल्ने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ। कान्ति लोकपथको वैकल्पिक सडकका रूपमा कुलेखानी–कलङ्की–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once