Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

मोटरसाइकलको ठक्करबाट कैलालीमा पैदल यात्रीको मृत्यु

spot_img

धनगढी,१३ जेष्ठ । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

भजनी सुखड सडकखण्ड अन्तरगत घोडाघोडी नगरपालिका–३ निम्दीमा सोमबार साँझ पौने ८ बजेको समयमा सुपप्र ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री अन्दाजी ५५ वर्षीय मानबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लागि घोडाघोडी अस्पताल, सुखडमा पौने ९ बजेतिर मृत्यु भएको जानकारी दिए ।

मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-७ बस्ने २५ वर्षीय भरतबहादुर बम पनि घाइते भएका छन् । उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

पछाडि सवार सोही ठाउँका २४ वर्षीय लक्ष्मणबहादुर सिमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once