Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना, २ को ज्यान गयो

spot_img

बुटवल,१३ जेष्ठ । नवलपरासी (पूर्व)को मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

आज बिहान ६ बजे चोरमारातिर आउँदै गरेको लु९प८११६ नम्बरको मोटरसाइकल मध्यविन्दु नगरपालिका-७ अम्रसा जंगलको भित्री बाटोमा दुर्घटना भएको हो ।

दुर्घटनामा मध्यविन्दु- ७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही ठाउँका २२ वर्षीय रादिम मिधुन को उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका-५ घर भई चोरमारामा टायल-मार्बल सम्बन्धी मिस्त्री काम गर्ने २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once