Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

गृहमन्त्री लेखकको बर्खास्ती माग गर्दै सर्वोच्चमा रिट दायर

spot_img

काठमाडौं,०९ जेष्ठ । गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ। अधिवक्ता मधु चौलागाइले गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन्। रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्ने सर्वोच्च प्रवक्ता अच्युत कुइकेलले जनाएका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरु नै मुछिएको भनेर अनुसन्धानको माग उठेपछि गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने दबाब बढीरहेको बेला रिट पेश भएको हो। भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका व्यक्तिहरु गृहमन्त्री लेखककै सचिवालयका सदस्यहरु समेत छन् ।सभार: नयाँ पेज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once