Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
16.1 C
Kathmandu

स्रोत नखुलेको भारतीय रुपैयाँसहित एकजनाको पक्राउ

spot_img

काठमाडौं,०३ जेठ । स्रोत नखुलेको रकमसहित कपिलवस्तुबाट १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना उसकाबजार ग्राम उस्काराजा बस्ने ७८ वर्षीय ओम प्रकाश रहेका छन् । उनलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कपिलवस्तु नगरपालिका- १ मस्जिद टोलबाट पक्राउ परेका उनको साथबाट स्रोत नखुलेको १ लाख ९६ हजार १ सय २० भारतीय रुपैयाँ र चाँदी जस्तो देखिने धातु ५ सय ६२ ग्राम बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once