Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
16.1 C
Kathmandu

ठोरी क्षेत्रमा अवैध भारतीय ब्रोइलर कुखुरा बरामद

spot_img

वीरगंज,०४ जेष्ठ । पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले आज प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक आनन्द खनालको नेतृत्वमा गएको गस्ती टोलीले ठोरी गाउँपालिका वडा नम्बर पाँचको ओरिया खोला नजिकबाट बीस वटा भारतीय प्रतिबन्धित ब्रोइलर कुखुरा नियन्त्रणमा लिएको हो।

बरामद गरिएको कुखुरालाई ठोरी गाउँपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष अष्टबहादुर लोप्चन, प्रहरी चौकी सुवर्णपुरका प्रतिनिधि, पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानीय भद्रभलादमी र सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वाटर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once